Mon. Jan 13th, 2025

राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईयो

सिंहदरबारको पश्चिमद्वारमा स्थापित राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको सालीकमा भव्य माला अर्पण ।

भिओके समाचार/काठमाण्डू, २०८१ पुस २७ गते शनिबार । राष्ट्रिय एकता दिवस तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ ।

Prithivi-Jayanti-3-1736601246.jpg
उच्च पदस्थ सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, विभिन्न संघसंस्थाका सदस्य र सर्वसाधारणले झाँकी, -याली, माल्यार्पण लगायतका कार्यक्रमहरुको आयोजना गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय राजधानी काठमाण्डूस्थित सिंहरदबारको पश्चिम गेटमा स्थापना गरिएको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गर्नुभएको छ । नेपाल एकीकरण अभियानका मुख्य नेतृत्वकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको विभिन्न राजनीतिक दलहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

Prithivi-Jayanti-4-1736601276.jpg
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा लगायतले सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभयो । साथै आम सर्वसाधारणले पनि उहाँको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी स्मरण गरेका छन् । आजै राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलहरुले चियापानसमित राष्ट्रिय एकता दिवस समेत मनाउने गर्दछन् ।

राष्ट्रिय एकता दिवस तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजनागरी मनाईंदै, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण अर्पण ।।

Prithivi-Jayanti-6-1736601305.jpg
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय राजधानी काठमाण्डूस्थित सिंहरदबारको पश्चिम गेटमा स्थापना गरिएको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण र सलामी ।

यसैगरी पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवसका अवसरमा श्रष्टाहरुले कवितामार्फत पृथ्वीनारायण शाहको स्मरण गरकेका छन् । चद्रागिरीमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकसामु उभिएर उनीहरुले राष्ट्रनिर्माताप्रति सम्मान व्यक्त गरेका हुन् । श्रष्टाहरुले राष्ट्रनिर्माताप्रति राज्यले नै अन्याय गरेको भन्दै राष्ट्र निर्माता र  राष्ट्रिय एकता दिवशप्रति राज्यले गौरवबोध गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा कविहरु विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, राजेन्द्र शलभ, शंकर कोईराला, प्रभा भट्टराई, नवराज लम्साल, मणि लोहनी र एलिशा ढुंगानाले पृथ्वीनारायण शाहप्रति लेखिएका कविता वाचन गर्नुभयो ।

Prithivi-Jayanti-7-1736601348.jpg
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व गर्नुभएको जुलुस राजदरबारबाट सिंहदरबारको पश्चिमद्वारमा रहेको पृथ्वी नारायण शाहको सालिकतिर प्रस्तान गर्दै ।

पृथ्वीनारायण शाहले शुरु गर्नुभएको नेपाल एकीकरणको अभियानका क्रममा राजनीतिक र धार्मिक महत्व राख्ने चन्द्रागिरीमा उहाँको शालिक राखिएको हो । नेपालको एकीकरण अभियानकै क्रममा पृथ्वीनारायण शाहले मकवानपुर र नुवाकोटको यात्रा चन्द्रागिरीको बाटो हुँदै गर्नुभएको थियो । २०७४ साल असोज ८ गते भालेश्वर मन्दिर परिसरमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक स्थापना गरिएको हो ।

विगतमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक वीदा दिने गरेको भए पनि गणतन्त्र स्थापना पछि राष्ट्रनिर्माता पृथ्वी नारायण शाहलाई वेवास्ता गर्न थालिएको र गणतन्त्र पक्षधर दलका नेताहरुले पृथ्वी नारायण शाहको योगदानलाई बुझ्न नसकेको सर्वसाधारणको गुनासो छ ।

Facebook Comments