काठमाण्डूसहित देशका विभिन्न भागमा महसुस गरिएको भूकम्पको केन्द्रविन्दू चीनको सिगात्छे
- भूकम्प अप्डेट
रमेश हतुवाली/काठमाण्डू, २०८१ पुस २३ गते मंगलबार । काठमाण्डूसहित देशका विभिन्न भागमा आज बिहान महसुस गरिएको भूकम्पको केन्द्रविन्दु चीनको तिब्बत स्वयत्त प्रदेशको सिगात्छेबाट झण्डै २३ किलोमिटर उत्तर रहेको गुगलले जनाएको छ ।
७ दशमलव १ म्याग्नीच्यूटको सो भूकम्पको धक्का भुटान, बंगलादेश, नेपाल र भारतसम्म महसुस गरिएको छ । यद्यपि चीनको सिस्मोलोजिकल नेटवर्कको आधिकारिक भनाइ अनुसार स्थानीय समय अनुसार बिहान ९ बजेर ५ मिनेटमा गएको सो भूकम्प ६ दशमलव ८ म्याग्नीच्यूटको रहेको छ ।
चीनको तिब्बत स्वयत्त प्रदेशको सिगात्छे शहरबाट झण्डै २३ किलोमिटर उत्तरमा पर्ने डिङरी काउन्टीलाई केन्द्रविन्दु बनाएर गएको सो भूकम्पको मुख्यविन्दु जमिनबाट १० किलोमिटर तल रहेको बताईएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भने सो भूकम्प ७ रिक्टर स्केलको रहेको भ्वाईस अफ काठमाण्डूलाई बताएको छ । भूकम्पबाट पुगेको क्षतीको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।