Fri. Sep 20th, 2024

चीनमाथि अवरोध जारी राख्दै अमेरिका

काठमाडौं, २०७७ भदौं २ गते मंगलबार

बेलायती “मोर्निङ स्टार अखवार”ले हाल एउटा लेख प्रकाशित गर्दै बेलायती प्रसिद्ध चलचित्र निर्माता जोहन पिल्गरले एउटा अन्तर्वार्तामा अमेरिकाको सस्तो अधीन राज्य बन्न नदिनका लागि बेलायतले चीन सम्बन्धी अमेरिकाको नीतिप्रति सतर्कता राख्नुपर्ने चेतावनी दिएको विषय उठाउनुभयो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार अमेरिकाले धेरैपटक गरी चीनमाथि अवरोध गर्नुको मुख्य कारण निरन्तर रुपमा सारा विश्वमा रहेको एउटा मात्र विशाल मुलुकको स्थानलाई कायम राख्दै जाने भन्ने रहेको ठहर जोहन पिल्गरले गर्नुभएको छ।

उक्त लेखमा भनिएको छ: अमेरिकाको आधारभूत परराष्ट्र नीति प्रभुत्वलाई कायम राख्नुका साथै अमेरिकी शासन वर्गको अर्थतन्त्र, कूटनीति, सँस्कृति र सैनिकका लागि हितकर हुने अन्तर्राष्ट्रिय सम्बन्ध प्रणालीलाई सुदृढ पार्ने भन्ने रहेको छ। बरु चीनले जोडतोडसँग अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहकार्य र सकारात्मक प्रतिस्पर्धालाई प्रवर्द्धन गर्नु नै हो। यसका अतिरिक्त चीनले सधैं नै युद्धको विरोध गर्नुका साथै अन्तर्राष्ट्रिय सम्बन्धको बहुध्रुवीय विकासलाई अघि बढाउने अडान लिँदै आएको छ।

Facebook Comments