भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला
नयाँ दिल्ली, २०८१ पुस १७ गते बुधबार । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै परिवारका पाँच सदस्य एक होटलमा मृत फेला परेको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
घटना राज्यको राजधानी लखनउको हो । मृतक बालबालिका ९ तथा १६ वर्षका रहेका छन् ।
सिन्ह्वाका अनुसार प्रहरीका अनुसार मृतक बालबालिकाका भाइलाई पक्राउ गरिएको छ । घरायसी विवादका कारण हत्या गर्न उनले मृतकको हातखुट्टा काटेको आरोप छ ।
परिवार लखनउबाट करिब ३५० किलोमिटर टाढा आगरा सहरबाट आएको तथा सोमबार होटलमा चेक इन गरेको थियो ।
Facebook Comments