Sat. Jan 4th, 2025

ड्रागन बोट रेस फेस्टिबल’ को दोस्रो सङ्करणको पहिलो चरणको खेल सम्पन्न (फोटो फिचर सहित)

रोशन केसी/पोखरा, २०८१ पुस १४ गते आइतबार । पोखराको फेवातालमा आजदेखि सुरु भएको ‘नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिबल’ को दोस्रो सङ्करणको पहिलो चरणको खेलहरु सम्पन्न भएका छन् ।

नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको फेस्टिभलमा नेपाल, चीन र सिङ्गापुरका २० टोलीको सहभागिता रहेको छ । आजदेखि संचालन भएको प्रतियोगिता २०० मिटर र ५०० मिटर गरि २ बिधामा भएको थियो । हरेक बिधामा सहभागी २० टोलीलाइ ४-४ को समुहमा विभाजन गरि दौडको आयोजना गरिएको थियो ।

२ वटाका हरेक समुहमा भएको दौडका विजयीबाट ८ वटा टोली भोलि हुने सेमिफाइनल र फाइनलका लागि छ्नोट भएका छन् । २०० मिटरमा भएको दौडको सेमिफाइनलका लागि वुहान स्पोर्ट्स युनिभर्सिटी, हुपै युनिभर्सिटी अफ इकोनिमिक्स, लाइओ छङ् युनिभर्सिटी, नेपाल र्‍याफ्टिङ एसोसिएसन (नारा), युन्नान् मिन्चु युनिभर्सिटी, तोङ् क्वान लाओ यो क्लब, सछुवान लु चौ ड्रागन बोट र युन्नान् नर्मल युनिभर्सिटी छनोट भएका छ्न् ।

यस्तै ५०० मिटरको सेमिफाइनलका लागि चाइना सी चाङ लिन्च ड्रागन बोट टिम, ल्याओ छङ युनिभर्सिटी, सछुवान लु चौ ड्रागन बोट टिम, पिसिएम टिम, युन्नान् नर्मल युनिभर्सिटी टिम, तोङ् क्वान लाओ यो क्लब टिम क्वाङ तोङ, वु हान स्पोर्ट्स्  युनिभर्सिटी टिम, युन्नान् मिन्चु युनिभर्सिटी, टिम छ्नोट भएका छ्न् । सेमिफाइनल र फाइनल खेल भोलि सोमबार बिहान ९:३० बजेदेखि फेवातालमा सुरु हुनेछ । दुबै बिधाका बिजेता टोलीले ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीयले १ हजार २ सय डलर पुरस्कार पाउने छन् भने सहभागी बाँकी १७ समूहलाई प्रतिसमूह ५ सय डलर पाउनेछ्न् ।

नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिबल’ को आयोजना गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त रुपमा गरेका हुन् ।

 

Facebook Comments