Fri. Sep 20th, 2024

सिन्धुपाल्चोकको जुगल गाँउमा भिषण पहिरो, ११ जनाको शब फेला पर्यो, २७ जना अझै बेपत्ता

सिन्धुपाल्चोक, २०७७ साउन ३० गते शुक्रबार

सिन्धुपाल्चोकको जुगल गाँउपालिका-२, लिदीमा आज विहान सबेरै गएको भिषण पहिरामा पुरिएका ११ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निरन्तर खोजी कार्य जारी राखेका छन् । ‘पुरिएको अवस्थामा ११ वटा शव भेटिएको छ । अन्यको खोजीकार्य जारी छ ।’ जुगल गाँउपालिका उपाध्यक्ष सिर्जना तामाङले भन्नुभयो । पहिरोले लिदी गाँउका ३७ घरमा क्षति पुर्याएको छ । पहिरोमा परी घाइते भएका एक जनाकाे काठमाडाैँमा उपचार भइरहेकाे छ भने चार जनाको सदरमुकाम चौतारामा उपचार भइरहेको छ । पहिरोमा परी नौ जना घाइते भएका छन् ।

पहिरोमा बेपत्ता हुनेहरूमा छविलाल दोङ, सोमरानी, धनलक्ष्मी, शिरमाया, बिबरानी, साहिँली दोङ, बिबी लक्ष्मी, सानुकान्छा, साङलामो, सोनाम दोङ रहेका छन् । त्यस्तै हीरा भक्ति, जीते झाँक्री, दिन्दुस, सुरज, करेसमाई, च्यामा, सानु, टीकामाई, छिरिङ, मानबहादुर, जयबहादुर, प्रिया दोङ, प्रीति, कान्छी, सानुकान्छी, वाङ्ची लामा दोङ हराइरहेका छन् । गर्भवतीसमेत रहेकी सानुकान्छी दोङ पनि पहिरोमा बेपत्ता छिन् । धनमाया तामाङ दोङ, रेनिस, मेकमाई, मिलन, विमला, माइला पाराङ, प्रकाश, साइली, आयुश दोङ र सुवास तामाङ हराइरहेका छन् । गोरखापत्र अनलाईनबाट

Facebook Comments