Sat. Feb 24th, 2024

बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउनु हुने

राष्ट्रपति मोहम्मद अब्दुल हमिद

काठमाडौं, २०७६ कार्तिक २३ गते शनिवार

जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आउनुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नु भएको हो ।

राष्ट्रपति हमिद कार्तिक २६ गतेदेखि २९ गतेसम्मको औपचारिक भ्रमणमा रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपालका राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति हमिद बीच भेटवार्ता हुनेछ ।
गोरखापत्र अनलाईनका अनुसार उहाँले नेपालमा रहँदा पोखरा तथा काठमाडौका विभिन्न ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्नुहुने मन्त्रालयले जनाएको छ ।

Facebook Comments