काठमाण्डू १६ मा रास्वपा का उम्मेदवार विजयी
- स्थानीय तह उपनिर्वाचन, २०८१
काठमाण्डू, २०८१ मंसिर १७ गते सोमबार । आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ ।
प्राप्त नतिजा अनुसार काठमाण्डू महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँका निकटतम प्रतिस्पधी नेकपा (एमाले) का उम्मेदवार लक्ष्मीरत्न महर्जनले २ हजार २ सय २० मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
Facebook Comments