Mon. Dec 23rd, 2024

रूसद्वारा किएभमा मिसाइल र ड्रोनद्वारा आक्रमण     

युक्रेन, २०८१ कात्तिक २८ गते बुधबार । रूसले बुधबार किएभमा आफ्नो आक्रमण बढाइ राजधानीमा ड्रोन र मिसाइलद्वारा ७० भन्दा बढी हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् ।

रूसी सेनाहरू पूर्वमा अगाडि बढिरहेको अवस्थामा डोनाल्ड ट्रम्पको विजयपछि भविष्यको अमेरिकी सहायतामा बढ्दो चिन्ताबीच रूसले युक्रेनी भूमिमा निरन्तर आक्रमण गरिरहेको छ ।

राजधानीमा विस्फोट भएपछि बासिन्दाले किएभको मध्य क्षेत्रमा रहेको भूमिगत मेट्रो स्टेसनमा शरण लिइरहेको एएफपीले जनाएको छ ।

किएभका अधिकारीहरूले ब्रोभरीको उपनगरमा ड्रोन खस्दा एक जना घाइते भएको तथा प्रभावित स्थलमा आगलागीका तस्बिरहरू देखाएका छन् ।

क्रेमलिनले खेरसनको दक्षिणी क्षेत्रमा गरेकोे ड्रोन हमलामा ५२ वर्षीया महिलाको मृत्यु भएको ‘ब्ल्याक सी’ क्षेत्रका प्रमुखले बताउनुभएको छ ।

अधिकारीहरूले किएभ नजिक मिसाइलहरू आइरहेको जानकारी दिँदै गर्दा धेरै वटा हवाई आक्रमणको साइरन बजिरहेको सुनिएको थियो ।

युक्रेनी सहरहरू खासगरी दक्षिणमा बढ्दो आक्रमणको एक हप्तापछि यो आक्रमण भएको हो ।

एक दिनअघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा भएको रूसी हमलामा ३२ वर्षीया आमा र उनका तीन सन्तानको मृत्यु भएको थियो ।

युक्रेनले महिनाौँदेखि आफ्ना पश्चिमी सहयोगीहरूलाई सहर र महत्वपूर्ण पूर्वाधारमा रुसी आक्रमण रोक्न थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन अपिल गर्दै आएको छ ।

Facebook Comments