Mon. Dec 23rd, 2024

मुख्यमन्त्री कार्कीद्वारा बहिनीहरुबाट टीका ग्रहण   

विराटनगर, २०८१ कात्तिक १८ गते आइतबार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुभ साइतमा बहिनीहरुबाट भाइटीका लगाउनु भएको छ ।

झापा गौरदह–३ स्थित निज निवासमा बहिनी सुशीला कार्की र पार्वता थापाको हातबाट दाजु दिपक कार्कीसँगै उहाँले टीका लगाउनुभएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुँइटेलले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीका पाँच जना दिदीबहिनी हुनुहुन्छ । टीका लगाउनु भएसँगै उहाँले नेपालीहरुको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताउनुभयो । उहाँले नेपालीहरुको संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

Facebook Comments