Tue. May 26th, 2026

बाढीका कारण काबेली करिडोरको १३२ मेगावाट विद्युत् उत्पादन बन्द

       

काठमाडौं, २०७७ साउन ५ गते सोमबार

अविरल भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालनमा रहेका अधिकांश जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । काबेली करिडोर १३२ केभी प्रसारण लाइनमा तीन जिल्लामा सञ्चालनमा रहेका १७५ मेगावाट विद्युत् जोडिएको अहिले ४३ मेगावाट विद्युत् मात्रै प्रवाह भइरहेको छ ।

इलाममा रहेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट विद्युत् उत्पादन भइरहेकोमा सोमबार दिउँसो १ बजेबाट विद्युत् उत्पादन बन्द भएको काबेली करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख दीपेन्द्रराज दुवेदीले जानकारी दिए । त्यहाँ नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका जलविद्युत आयोजनाहरु सञ्चालित छन् ।

यसैगरी, पाँचथरमा सञ्चालित विभिन्न आयोजनाहरुबाट ३७ मेगावाट विद्युत् उत्पादन भइरहेकोमा वर्षाका कारण ८ मेगावाट मात्रै उत्पादन भइरहेको छ । यसैगरी, पाँचथर र ताप्लेजुङको सीमामा पर्ने काबेलीमा विभिन्न आयोजनाबाट उत्पादन हुने ४० मेगावाटमा ३५ मेगावाट उत्पादन भइरहेको छ ।

‘केहीअघि काबेली करिडोर प्रसारण लाइनमा समस्या आउँदा ती आयोजनाहरको विद्युत उत्पादन बन्द भएको थियो, अहिले हामीले प्रसारण लाइनको मर्मतसम्भार गरी सञ्चालनमा ल्यायौं, तर अहिले वर्षाका कारण ती आयोजनाहरुको विद्युत् उत्पादन नै बन्द भएको छ’, दुवेदीले भने ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read