Tue. May 14th, 2024

त्रिशुली नदि उर्लिदा सिमलतालको झोलुङ्गे पुल बगाउने खतरा बढ्यो

भरतपुर, २०७७ साउन ५ गते सोमबार

 लगातारको वर्षाले नारायणी नदीको सतह ह्वात्तै बढेको छ । नदी तह बढेर विभिन्न ठाउँमा रहेका पुलसम्म पुग्न थालेको छ । नारायणगढ-मुग्लिन सडक खण्डमा रहेका कायाकैरनकर्मी विनोदबाबु रिजालका अनुसार सिमलतालमा रहेको झोलुङ्गे पुल त्रिशुली नदीले बगाउनै लागेको छ । भरतपुर-२९ स्थित सिमलताललाई तनहुँसँग जोड्ने उक्त पुललाई विहान करिब ११ बजे नै नदीले छोइसकेको थियो । अहिले नदीको तह पुल भन्दा माथी पुगेको छ ।

त्यसैगरी त्रिशुली नदीको तह बढेर दासढुंगामा रहेको पक्की पुलको पिल्लर पुरै डुबेको छ । नदी अहिले पुलको माथिल्लो भागमा ठोक्किन थालेको छ ।

अहिलेपनि नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा ढुंगा झरिरहेको छ । प्रहरीले उक्त सडकमा गाडी चल्न रोक लगाएको छ । अहिले सबै गाडी जुगेडीमै रोकिएको प्रहरीले जनाएको छ ।

सौराहा अनलाइनका अनुसार उक्त सडकको चार किलोमा गएको पहिरोका कारण विहानैबाट सडक खण्ड अबरुद्ध छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले नदीको तह अझै बढ्नसक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । बाढी पहिरो र डुवानबाट जनधनकोे क्षति हुन नदिन आफ्नो क्षेत्रमा सक्रियतापूर्क निगरानी गर्न उनले आग्रह गरेका छन् । यसका लागि रेस्क्यू टोलि तयार रहेको भट्टराइले बताए । रेस्क्यू गर्नुपर्ने भएमा तुरुन्त खवर गर्न पनि उनले आग्रह गरेका छन् ।

Facebook Comments