Sat. Oct 19th, 2024

एयर न्यूजील्याण्डको विमानमा बमको धम्की   

 सिड्नी, २०८१ कात्तिक ३ गते शनिबार । सिड्नी एयरपोर्टमा एयर न्यूजील्याण्डको विमानमा बमको धम्की आएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएको छ ।
स्काई न्यूज अष्ट्रेलियाका अनुसार, १४० यात्रु बोकी वेलिङ्गटनबाट सिड्नीका लागि प्रस्थान गरिएको एयर न्युजिल्याण्डको उडानमा यस्ता धम्की प्राप्त भएको थियो ।
फ्लाइट एनजेड–२४७ बेलुका ५ः४० बजे वेलिङ्गटनबाट विमान सकुशल अवतरण भएको रिपोर्ट गरिएको छ । रिपोर्टका अनुसार, विमानलाई टार्माकमा रोकिएपछि एयर न्यूजील्याण्डले सुरक्षा खतराको सम्भाव्यताको बारेमा सचेत रहेको पुष्टि ग¥यो ।
“हामी स्थानीय अधिकारीहरूसँग काम गरिरहेका छौं र त्यस्ता घटनाहरूका लागि स्थापित मानक प्रोटोकलहरू पछ्याउँदैछौं” एयरलाइनका सुरक्षा अधिकारी क्याप्टेन डेभिड मोर्गनले एक विज्ञप्ति मार्फत उल्लेख गर्नुभयो ।

Facebook Comments