Tue. Dec 24th, 2024

बेलायती विदेशमन्त्री ल्यामीले यसै साता चीन भ्रमण गर्ने   

पैचिङ, २०८१ कार्तिक १ गते बिहीबार । बेलायती विदेशमन्त्री डेभिड ल्यामीले यसै साता चीनको भ्रमण गर्ने पैचिङले बिहीबार जनाएको छ।

“बेलायतका विदेश, कमनवेल्थ र विकास मामिलामन्त्री डेभिड ल्यामीले अक्टोबर १८ देखि १९ सम्म चीनको औपचारिक भ्रमण गर्नुहुनेछ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गत जुलाईमा प्रधानमन्त्री केइर स्टार्मर निर्वाचित भएयता बेलायतका कुनै पनि वरिष्ठ अधिकारीको यो पहिलो भ्रमण हो ।

एएफपीका अनुसार विदेशमन्त्रीको भ्रमण तय हुनुपहिले स्टार्मरले जेलमा रहेका व्यवसायी जिमी लाईलाई हङकङको जेलबाट मुक्त गर्न आग्रह गरेका थिए।

चीनले प्रेस स्वतन्त्रतामाथि गरेको दमन र हङकङमा भएको विरोध प्रदर्शनको बेलायतले आलोचना गर्दै आएको छ ।

गत हप्ता लाइको कानुनी टोलीले लण्डनमा पत्रकारहरूसँग बताएअनुसार ल्यामीले आफ्नो भ्रमणको क्रममा लाइको मुद्दालाई ‘प्रमुख रूपमा’ राख्नुहुनेछ ।

माओले लामीको भ्रमणको घोषणापछि बिहीबार आयोजित नियमित ब्रिफिङमा भने ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओले भन्नुभयो, “चीन र बेलायत संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्का स्थायी सदस्य र विश्वका प्रमुख अर्थतन्त्र हुन् । द्विपक्षीय सम्बन्धको दीर्घकालीन स्थिर विकास दुवै देशको साझा हितसँग मेल खान्छ ।”

स्टार्मरले यसै साता चीनले आफ्नो स्वायत्त क्षेत्र दावी गर्दै आएको ताइवान स्ट्रेटमा विशाल सैन्य अभ्यास ‘शान्ति र स्थिरताका लागि अनुकूल नभएको’ बताउनुभएको थियो ।

हङकङ, उइघुरलगायतका बिषयमा चीनले लिएका कदमको विरोध गर्ने बेलायती केही सांसदहरूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न पनि उहाँले पैचिङसँग आग्रह गर्नुभएको थियो ।

Facebook Comments