Tue. Jun 9th, 2026

चिनियाँ प्रधानमन्त्री ली छ्याङ र भियतनामका राष्ट्रापति सु लिनबीच भेटवार्ता

       

काठमाण्डू, २०८१ असोज २७ गते आइतबार । चीनका प्रधानमन्त्री ली छ्याङले भियतनाम कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रापति सु लिनसँग भेटवार्ता गर्नुभएको छ ।

हिजो शनिबार प्रधानमन्त्री ली छ्याङले हनोईमा रहेको भियतनामको कम्युनिष्ट पार्टी केन्द्रीय समितिको कार्यालयमा राष्ट्रापति सु लिनसँग भेटघाट गर्नुभयो।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले दुई पक्ष र दुई देशका नेताहरूले गरेको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न र रणनीतिक रुपमा चीन-भियतनाम साझा भविष्यको समुदायको निर्माणलाई दृढतापूर्वक प्रवर्द्धन गर्न चीन भियतनामसँग मिलेर प्रयास गर्न इच्छुक रहेको कुरा बताउनुभयो।

चाईना मिडिया ग्रुपका अनुसार प्रतिउत्तरमा भियतनामका राष्ट्रापति सु लिनले भियतनामले एक चीन नीतिलाई दृढतापूर्वक पालन गर्ने र सबै प्रकारका “थाइवान स्वतन्त्रता“ पृथकतावादी गतिविधिको दृढतापूर्वक विरोध गर्ने अडान लिनुभयो।

Facebook Comments