Fri. Oct 11th, 2024

अमेरिकाको कोलोराडोको सुन खानीमा कम्तीमा १० व्यक्ति फसे, ११ जनाको उद्धार   

 लस एन्जलस, २०८१ असोज २५ गते शुक्रबार । अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण कम्तीमा १० जना व्यक्ति एक हजार फिट (३०५ मिटर) जमिनमुनि फसेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिन्ह्वाका अनुसार कोलोराडोको क्रिपल क्रिकको मोली क्याथलीन सुन खानीमा उपकरणमा खराबी भएको थियो ।
स्थानीय समाचार अनुसार खानीबाट ११ जनालाई उद्धार गरिएको र बाँकीको उद्धार भइरहेको छ । खानी क्रिप्पल क्रिक, कोलोराडो नजिकैको पर्यटकीय गन्तव्य हो ।

Facebook Comments