Wed. Jul 8th, 2026

उपत्यकामा २३ सहित थप २५५ सङ्क्रमित, कुल १६ हजार ४२३

       

काठमाडौं, २०७७ असार २४ गते बुधबार

पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

पछिल्लो २४ घण्टामा चारहजार ६९६ पीसीआर परीक्षण भएकाे छ । क्वारेन्टाइनमा २४ हजार ४०, आइसोलेसनमा आठ हजार ६३६ रहेका छन् ।

डिस्चार्ज

आज २५३ जना निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै सातहजार ७५२ पुगेको छ । याे  ४७.२ प्रतिशत भन्दा बढी सङ्क्रमित स्वास्थ्य लाभपछि घरमा डिस्चार्ज भएका छन्।

उपत्यकामा  सङ्क्रमित 

यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या २३ पुगेको छ । काठमाडौँमा १६ जना र ललितपुरमा ७ जना सङ्क्रमित भएका छन् ।

हिजाे मंगलबार उपत्यकामा २८ जना सङ्क्रमित पुष्टि भएकाे थियाे । साेमबार  उपत्यकामा ५४ र आइतबार ३० जनामा भाइरस सरेकाे थियाे ।

पाँचसय भन्दा बढी उपचाररत छ जिल्ला

महाेत्तरी, राैतहट, पाल्पा ,अछाम, कैलाली र बाजुरा जिल्लामा पाँचसय भन्दा बढी उपचाररत रहेकाे उहाँले जानकारी दिनुभयाे ।

सङ्क्रमणमुक्त पाँचवटा जिल्ला
धनकुटा, भोजपुर , सोलुखम्बु,  हुम्ला र मुस्ताङ जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको घोषणा भएको छ ।

भेदभाव गर्ने व्यक्तिलाई कार्वाही

सङ्क्रमणमुक्त भएका जोकोहीलाई भेदभाव गरिए भेदभाव गर्ने व्यक्तिलाई कानुनतः कार्वाही हुने उहाँले बताउनुभएको छ ।

अस्पताल, आइसोलेसन र क्वारेन्टाइनबाट सङक्रमणमुक्त भएर घर गएकालाई भेदभाव भएको, घरमा बस्न नदिएको खबर आएको बताउँदै प्रवक्ता प्राडा गौतमले ठिक भइसकेपछि स्वागत गर्दै घरमा बस्ने वातावरण बनाउनुपर्छ, भन्नुभयो ।गोरखापत्र अनलाईनबाट

Facebook Comments

सम्बन्धित समाचार