Sat. Apr 20th, 2024

चीन र भारत दुवैले एउटै दिशातर्फ अघि बढेर सीमा शान्तिको संरक्षण गर्नु नै आपसी साझा हित अनुकूल

काठमाडौं, २०७७ असार २३ गते मंगलबार

चीन-भारत सीमा समस्या सम्बन्धी चिनियाँ विशेष प्रतिनिधि अर्थात् चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले गत ५ तारिख राति भारतीय विशेष प्रतिनिधि अर्थात् भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग टेलिफोन वार्ता गर्दै वर्तमान दुवै देशको सीमा अवस्थालाई शिथिल पार्नका लागि ४ बुँदे मतैक्यता हासिल गर्नुभएको थियो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  ती ४ बुँदे मतैक्यतामा दुई देशका नेताबीच सम्पन्न महत्वपूर्ण सहमतिहरू, सीमा समस्याको सम्बन्धमा दुवै देशबीच सम्पन्न शृंखलावद्ध सम्झौता र नियमको अक्षरश: पालना गर्नु, विशेष प्रतिनिधि भेटवार्ता व्यवस्थामार्फत् आपसी आदान-प्रदानलाई सबल पार्नु र दुवै पक्षका प्रथम फौज बीचको प्रत्यक्ष सम्पर्क प्रक्रियालाई विच्छेद गर्नु आदि विषय पनि समावेश छन्।

धेरैपटकको आदान-प्रदान र छलफलपछि चीन र भारत दुवै पक्षबीच उक्त मतैक्यता सम्पन्न भएको कुराबाट संवार्ता र छलफलमार्फत् मतभेदको समाधान गर्ने दुवै पक्षको अठोट प्रतिबिम्बित गरिएको छ। त्यस मतैक्यले दुवै पक्षका लागि सीमा क्षेत्रको परिस्थितिलाई शिथिल पार्न सही दिशा देखाउनुका साथै चीन भारत सम्बन्धको कूल अवस्थाको संरक्षण अझ विशेषगरी समस्त विश्व शान्ति र स्थिरताका लागि विश्वास पनि थपिदिएको छ।

महत्वपूर्ण छिमेकी मुलुकको हैसियतले चीन र भारत दुवैले सीमा क्षेत्रको शान्ति र स्थिरताको संरक्षण गर्नु नै द्बिपक्षीय साझा हित अनुकूल भएको छ। यसका अतिरिक्त विश्वमा रहेका दुईवटा सबभन्दा ठूला विकासोन्मुख मुलुक र १ अर्बभन्दा बढी जनसंख्या बोकेको नयाँ बजारमूलक आर्थिक समुदायको रुपमा रही चीन र भारत दुवैले सीमा क्षेत्रको शान्ति र स्थिरताको संरक्षण गर्ने अर्थ ज्यादै महत्वपूर्ण रहँदैजाने छ।

Facebook Comments