Sun. May 31st, 2026

आख्यानकार बरालको ‘नातिपुस्ताको खेल’ लोकार्पण   

       

दमक(झापा), २०८१ असोज २० गते आइतबार । बिर्तामोड निवासी आख्यानकार कृष्ण बरालको निबन्ध सङ्ग्रह ‘नातिपुस्ताको खेल’ लोकार्पण भएको छ ।

राससका अनुसार  दमकको स्रष्ट्रा प्रकाशन गृहले बजारमा ल्याएको उक्त कृतिको जिल्लाका अग्रज श्रष्टाहरुले शनिबार दमकमा आयोजित एक कार्यक्रममा सामूहिक रूपमा लोकार्पण गर्नुभयो ।
लीला लेखनमा आधारित र कृतिमा नाति पुस्ताका नानीहरुदेखि युद्धसम्मको वर्णन गरिएको छ । आख्यानकार बरालको यो सातौँ कृति हो ।

त्यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङदेल ‘चेली’, प्राज्ञ मुनाराज शेर्मा, साहित्यकारहरू केशव आचार्य, प्रकाश बुढाथोकी, प्रकाश थाम्सुहाङ, अभागी थेगुवा, बालचन्द्र सुब्बा, राजकुमार सुब्बा, सुन्दर कुरुप, याम थुलुङलगायत झापाका समाजसेवीहरूको उपस्थिति थियो ।

Facebook Comments