Sat. Apr 20th, 2024

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको ९९ औँ ऐतिहासिक वार्षिकोत्सव

काठमाडौं, २०७७ असार १६ गते मंगलबार

यस वर्षको जुलाई एक तारिख अर्थात बुधबार चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको ९९ औँ वार्षिकोत्सव हो।

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनयता महासचिव सी चिनफिङले देशका सम्पूर्ण अत्यन्तै गरिब क्षेत्रको भ्रमण गरेर निरन्तर ५ वर्षमा गरिबी उन्मुलन गोष्ठीको आयोजना गर्नुका साथै नव वर्षको शुभकामना सन्देशमा गरिबी उन्मुलन गर्ने अठोटलाई दोहोर्‍याउनुभएको छ। सन् २०२० मा ग्रामीण क्षेत्रका सबै गरिबलाई गरिबीबाट मुक्त पार्नु चिनियाँ कम्युनिष्ट पार्टीले सबै जनतालाई दिएको कडा बचन हो।

यसै वर्ष कोभिड-१९ महामारीका सामु चिनियाँ कम्युनिष्ट पार्टीले सुरूवाददेखि जनताको जीवन तथा स्वास्थ्यलाई प्रथम स्थानमा राख्नुपर्ने धारणा प्रस्तुत गरेको छ। महामारीको रोकथाम तथा नियन्त्रण युद्ध जित्नका लागि चीनले सबैभन्दा श्रेष्ठ चिकित्सा शक्ति र सबैभन्दा परिष्कृत उपकरण संकलन गरेर सर्वसाधारणको जीवन अधिकारको सुरक्षा गरेको छ। महासचिव सी भन्नुहुन्छ- हाम्रो पार्टीसँग आफ्नो विशेष फाइदा छैन। जहिल्यै पनि पार्टीले सर्वसाधारणको लाभलाई पहिलो स्थानमा राख्नुपर्छ।

सी का अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको जरा जनतासम्म पुगेको छ, जनताको नसानसामा बग्ने रगतमा चिनियाँ कम्युनिष्ट पार्टी पाइन्छ। जनतालाई केन्द्रबिन्दु बनाउने नीति विकास विचारधारामा जति ठूलो चुनौति र दवाव शक्ति देखापरेता पनि र जति ठूलो त्याग र खर्च गरे पनि कुनै पनि परिवर्तन हुने छैन।

 

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार भविष्यका सामु चिनियाँ कम्युनिष्ट पार्टीका सबै सदस्यको प्रयासमा इतिहास र जनतालाई नयाँ र अझ श्रेष्ठ नतिजा दिनुपर्ने कुरामा सीले जोड दिनुभयो।

Facebook Comments