Sat. Sep 28th, 2024

सुनको मूल्यमा पाँच सयले वृद्धि   

काठमाण्डू, २०८१ असोज ११ गते शुक्रबार । लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ ।

राससका अनुसार  अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ६० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६१ हजार दुई सय निर्धारण भएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार नौ सय ५५ मूल्य निर्धारण गरेको छ ।

Facebook Comments