Fri. Sep 27th, 2024

प्रधानमन्त्री ओली र लाओसका प्रधानमन्त्री सेनोक्साइबीच भेटवार्ता   

न्युयोर्क (अमेरिका) ,२०८१ असोज १० गते बिहीबार । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनगणतन्त्र लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोनबीच आज भेटवार्ता भएको छ ।

राससका अनुसार  राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments