Fri. Apr 26th, 2024

विश्व समाजबाट एक्लिँदै अमेरिकाः अमेरिकी संचारमाध्यम

काठमाडौं, २०७७ असार १५ गते सोमबार

जर्मनीकी चान्सलर अङ्गेला मर्केलले जुन २६ तारिख अन्तर्वार्ता दिँदै यदि अमेरिकाले स्वेच्छाले ठूलो देशको जिम्मेवारी त्यागेमा जर्मनीले पनि आगामी एट्लान्टिक पार सम्बन्धमा विचार गर्ने बताउनु भएको छ।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  केही वर्षयता जर्मनी र अमेरिकामा सैन्य खर्च, जलवायु परिवर्तन, व्यापारिक द्वन्द्व, इरानी आणविक सन्धी आदि मामिलामा धेरै मदभेद देखिन्छ। जुन १५ तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा तैनाथ अमेरिकी सेनालाई ठूलो मात्रामा घटाउने घोषणा गर्नुभयो।

सीएनएनले जुन २८ तारिख संप्रेषण गरे अनुसार केही वर्षदेखि अमेरिकाको एकपक्षीय गतिविधिले अमेरिका कोभिड-१८ महामारीबाट त्यागिएको बालक र अविश्वसनीय सहयोगी बन्दैआएको तथा पहिलेभन्दा अझ एक्लो बन्दैआएको जानकारी दिएको छ।

न्युयोर्क टाइम्सका अनुसार, युरोपेली संघले जुलाई १ तारिखदेखि क्रमशः सिमा क्षेत्र खुलाउँदै छ। तर अस्थायी रूपमा अमेरिकी पर्यटकलाई प्रवेश निषेध गरिनेछ। यो विश्वमा अमेरिकाको प्रतिष्ठामाथि गम्भीर प्रहार हुनुका साथै महामारीको सामना गर्न ट्रम्प सरकारको नीतिमाथि नकारात्मक मूल्याङ्कन पनि हो। व्यापार, नेटो, सिरिया आदि मामिलामा ट्रम्प अनिश्चितत हुनाले अन्तर्राष्ट्रिय सहयोगमा युरोपले चीनको पक्ष लिने सम्भावना छ भन्ने विषय उक्त लेखमा उल्लेख छ।

Facebook Comments