Mon. Sep 23rd, 2024

सेनेगलको तटमा डुङ्गामा ३० जनाको शव फेला पर्याे   

डकार, २०८१ असोज ७ गते सोमबार । अफ्रिकी देश सेनेगलको नौसेनाले राजधानी डकारको तटबाट करिब ७० किलोमिटर (४३ माइल) टाढा भेटिएको एउटा डुङ्गाबाट कम्तीमा ३० शव फेला पारेको सेनाले सोमबार जनाएको छ ।

उक्त जहाज कहाँबाट आयो थियो भन्नेबारे र मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्न अनुसन्धान जारी रहेको सेनाले सामाजिक सञ्जालमा पोस्ट गरिएको विज्ञप्तिमा जनाएको छ ।

एएफपीका अनुसार  सेनेगलको तटवर्ती क्षेत्रमा डुङ्गाबाट युरोप पुग्ने प्रयासमा बारम्बार दुर्घटनाहरू हुने गर्दछन् ।

आइतबार राति घटनाबारेमा सूचित भएपछि नौसेनाको गस्तीले माछा मार्ने डुङ्गालाई तानेर डकार बन्दरगाह ल्याएको थियो ।

सेनाको विज्ञप्तिमा भनिएको छ, “शव सड्ने अवस्थाका कारण उद्धार, पहिचान र स्थानान्तरण कार्य अत्यन्त जटिल बनेको छ, अहिलेसम्म ३० शवको गणना भइसकेको छ ।”

सेनेगलका तटहरू हरेक वर्ष युरोप पुग्ने आशामा धेरै आप्रवासीको प्रमुख प्रस्थान विन्दुमध्ये एक हो ।

Facebook Comments