Tue. Apr 16th, 2024

चीनको अर्थतन्त्र छिटो सुधार हुने संकेत

काठमाडौं, २०७७ असार १४ गते आईतबार

कोरोना भाइरसको कारण कमजोर बनेको चीनको अर्थतन्त्र छिटो सुधार हुने संकेत देखिएको छ ।

चिनियाँ संस्कृति र पर्यटन मन्त्रालयले २७ तारिख सार्वजनिक गरेको प्रतिवेदनका अनुसार त्वान वु पर्वको तीन दिनभित्रै देशले कूल ४ करोड ८८ लाख ९ हजार घरेलु पर्यटक प्राप्त गर्यो, जुन गत वर्षको सोही अवधिको तुलनामा ५०.९ प्रतिशत ओगटेको छ। १२ अर्ब २८ करोड चिनियाँ युआन पर्यटन राजश्वको योजना साकार तुल्याइएको छ जुन गत वर्षको सोहि अवधिको ३१.२ प्रतिशत ओगटेको छ। यो चीनको आर्थिक सुधारको एक अभिव्यक्ति हो। अझै ठूलो दबाबको सामना गर्नुपर्दा, चीनको आर्थिक स्थिति बिस्तारै सुधार हुँदैछ।

 चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार यस वर्षको सुरूदेखि नयाँ कोरोना भाइरस महामारीले चिनियाँ उपभोक्ता बजारमा असर पारेको छ। महामारी रोकथाम र नियन्त्रणमा प्रमुख रणनीतिक उपलब्धिहरूको साथ, चीनको उपभोक्ता बजारमा सुधारका संकेतहरू स्पष्ट रूपमा बढ्दैछन्। ‌चीनको उपभोग स्तरोन्नति प्रवृत्ति जारी छ, परम्परागत उपभोग जस्तै किनमेल र खानपान निरन्तर सुधार हुँदैछ भने उदीयमान उपभोग जस्तै पर्यटन र सांस्कृतिक उपभोग पनि निरन्तर उदाउँदो छ।

बहु कारणहरूको संयुक्त प्रभाव अन्तर्गत, उपभोक्ता र खुद्रा संकेतहरू लगायत चिनियाँ शृंखला आर्थिक संकेतहरूको वृद्धि भइरहेको छ। यस वर्षको पहिलो ५ महिनामा भौतिक सामानको अनलाइन खुद्रा बिक्री गत वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले वृद्धि भएको छ। मै महिनामा, ठूला परिमाणका राष्ट्रिय औद्योगिक उद्यमको कुल नाफा ५ खर्ब ८२ अर्ब ३४ करोड चिनियाँ युआन पुगेको छ।

यी श्रृंखला आर्थिक सूचकहरूले चीनको अर्थव्यवस्थाको व्यापक संभावनाहरू देखाउँदछ, र यसले विश्वव्यापी बजारको आत्मविश्वासलाई उत्साहका साथ बढाउँदछ।

Facebook Comments