Thu. Apr 18th, 2024

सर्वोच्चले माग्‍यो संसद्‍मा हिन्दी भाषा बोल्नुको कारण

काठमाडौं, २०७७ असार ११ गते बिहीबार

सर्वोच्च अदालतले संघीय संसद्‍मा हिन्दी भाषा बोल्नुको कारण मागेको छ । बिहीबार सर्वोच्च अदालतले संसद्‍मा हिन्दी बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई निर्देशन दिएको हो ।

अन्नपूर्ण पोष्ट दैनिक अनलाईनका अनुसार अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले संसद्‍मा नेपाली भाषा बोल्न विधायकलाई किन नलगाएको भन्दै कारणसमेत मागेका हुन् ।

Facebook Comments