Sun. Sep 22nd, 2024

राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

काठमाण्डू, २०८१ भदौ ३१ गते सोमबार । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज राती १२ बजेबाट चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषदको भदौ ३० गतेको सिफारिसअनुसार संसदका दुवै सदनको चालु अधिवेशन सोमबार राती १२ बजेबाट लागू हुनेगरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Scan_20240916__2_-1726474699.jpg

Facebook Comments