Fri. Apr 19th, 2024

बुबाको मार्ग निर्देशनको सम्झनामा चिनिया राष्ट्राध्यक्ष सी

File photo of Xi Jinping (R, rear) with his father Xi Zhongxun (R, front), his wife Peng Liyuan (L, front) and his daughter (C, front). /Xinhua

काठमाडौं, २०७७ असार ७ गते आईतबार

चिनिया राष्ट्राध्यक्ष सी चिनफिङ क्रान्तिकारी परिवारमा हुर्कनुभएको हो। उहाँका बुवा सी चोङ श्युनले गम्भीरताका साथ छोराछोरीलाई हुर्काउनुका साथै आफ्नो भनाइ र गराइमार्फत छोराछोरीलाई राम्रो उदाहरण देखाउनुभएको थियो। उहाँको स्वभावले सी चिफिङलाई निकै ठूलो प्रभाव पनि पारेको छ।

आफ्ना बुवाको जन्म दिवसको उपलक्ष्यमा उहाँलाई लेख्नुभएको शुभकामना चिट्ठीमा सी चिनफिङले भावपूर्ण रुपमा लेख्नुभयो: “आफ्ना बुवाबाट बिंडो थाम्न र अपसोस गर्न मन चाहेका मूल्यवान र पवित्र गुणस्तर निकै बढी छ।”

सांस्कृतिक पुरातात्त्विक वस्तुको संरक्षण गर्ने उद्देश्य इतिहासलाई छाड्नुका साथै राष्ट्रको साझा स्मरणलाई पनि छाड्नु नै हो।

“आफ्नो प्राणको माया गरे जस्तै शहरका ऐतिहासिक र सांस्कृतिक सम्पदाको राम्रोसँग संरक्षण गर्नुपर्छ। हरेक गल्ली, प्रत्येक शहर र समस्त देशको माया र संरक्षण गर्ने सन्दर्भमा सी चिनफिङले आफ्ना बुवा जस्तै सधैं नै साँस्कृतिक उत्तराधिकार र विकासमा उच्च महत्व दिनुका साथै स्वयम आफैंले जोडतोडसँग निर्माण र संरक्षण दुवै कार्यको समन्वय र एकीकरणलाई अघि बढाउँदै आउनुभएको छ।

धेरै वर्षयता सी चिनफिङले पहेँलो नदीको संरक्षण र सञ्चालनको ख्याल-विचार गर्नुका साथै धेरैपटक गरी थकाईको बावजुद पहेँलो नदी बग्ने ९ वटा प्रान्त र क्षेत्र गएर तत्स्थानको निरीक्षण गर्नुभएको छ। उहाँको पाइला पहेंलो नदी बग्ने क्षेत्रमै फैलावट गरिएको देखिन्छ। पहेँलो नदीलाई जनताका लागि लाभान्वित हुने सुखमय नदी बनाउने भन्ने नारा उहाँको मनतव्य पनि हो।

उहाँका बुवा सी चोङ श्युनले सधैं नै जनतालाई आफ्नो मनमा राख्नुका साथै जीवनभरि जनताका लागि योगदान गर्नुभएको थियो। सी चिनफिङले आफ्ना बुवा जस्तै जनतालाई मनको प्राथमिकतामा राख्दै सुमधुर जीवन सम्बन्धी जनताको चाहनालाई अझ राम्रोसँग साकार तुल्याउने कुरालाई अथक प्रयास गर्ने अन्तिम लक्ष्यको रुपमा व्यवहार गर्दै आउनुभएको छ। चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआई

Facebook Comments