Mon. May 6th, 2024

भारतबाट मल ल्याएपछि प्रहरीसँग विवाद हुँदा सिमानामा गोली चल्यो

लकडाउनको समयमा पश्चिम नवलपरासीको सीमा नाकामा खटिएका सशस्त्र प्रहरी ।

परासी, २०७७ जेठ २५ गते आईतबार

भारतबाट मल ल्याएको विषयमा विवाद हुँदा पश्चिम नवलपरासीको सीमावर्ती नाका बसैयामा सशस्त्र प्रहरीले गोली चलाएको छ ।

प्रतापपुर गाउँपालिकाअन्तरगत पर्ने उक्त नाकाबाट दुई जना महिलाले टाउकोमा राखेर मल ल्याउँदै गरेका थिए । लकडाउनको समयमा भारतबाट सामान ल्याउन नपाइने भन्दै सीमामा खटिएका सशस्त्र प्रहरीले रोकेपछि विवाद भएको थियो ।

यस क्रममा सशस्त्र प्रहरीले महिलामाथि कुटपिट गरेपछि सोधपुछका लागि गएका गाउँलेलाई समेत कुटपिट गरेको स्थानीयले बताएका छन् । दोहोरो झडपमा केही स्थानीय घाइते भएका छन् । उक्त सीमामा सशस्त्रको अस्थायी पोष्ट छ । मल ल्याउने विषयमा विवाद हुँदा त्यहाँ आएका स्थानीयले एक्कासी सुरक्षामा खटिएको टोली र पोष्टमाथि आक्रमण गरेपछि सुरक्षाका लागि चार राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बल नेपाल २६ नं गण हेड क्वाटर नवलपरासीका उपरीक्षक भरत खनियाले बताए ।

अहिले त्यस क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिल्लामा सहजरूपमा मल नपाएको भन्दै किसानहरूले भारतबाट मल ल्याउने गरेका छन् । अन्नपूर्ण पोष्ट अनलाईनबाट

Facebook Comments