Sat. Oct 12th, 2024

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

- भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण

काठमाण्डू, २०८१ साउन २७ गते आईतबार । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा दुईपक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउनेबारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो । रासस

Facebook Comments