Tue. Oct 8th, 2024

एपिएफ बिजयी  

काठमाण्डू, २०८१ साउन २५ गते शुक्रबार । नेपाल एपिएफ क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज भएको खेलमा एपिएफले चर्च ब्वाइज युनाइटेड क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको हो । आजको जितसँगै एपिएफले आठ खेलमा १० अंक जोडेको छ । पराजित चर्च ब्वाइजको समान खेलबाट १३ अंक छ ।

एएिफको जितमा अमन मोक्तान र पवन पाख्रिनले समान एक/एक गोल गरे भने चर्च ब्वाइजका लागि भने शिशिर यस्मालीले एक गोल फर्काए ।

खेलको २१ औँ मिनेटमा अमनको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । त्यस्तै खेलको ६९ औँ मिनेटमा चर्च ब्वाइजका शिशिरले एक गोल फर्काउदै खेललाई बराबरीमा ल्याए । खेलको ९० औँ मिनेटमा पवनले पेनाल्टीमार्फत गोल गर्दै एपिएफलाई जित दिलाए ।  रासस

Facebook Comments