Fri. May 3rd, 2024

कोरोनाले ३ लाख ८८ हजारको ज्यान लियो, संक्रमितहरुको संख्या ६६ लाख

काठमाडौं,२०७७ जेठ २२ गते बिहीबार

महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वभरीमा हालसम्म ३ लाख ८८ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ ।

World Meter का अनुसार कोरोना संक्रमितहरुको संख्या ६६ लाख २ हजार ९ सय ५३ जना पुगेको छ । ३१ लाख ९१ हजार १ सय ७१ जना उपचारपछि निको भएका छन् । कोरोना भाइरसको सबैभन्दा चर्कोमार अमेरिकामा परेको छ । त्यहाँ १९ लाख २ हजार ७ सय ७९ जना मानिसमा संक्रमण देखिएको छ भने १ लाख ९ हजार १ सय ५९ जनाको मृत्यु भएको छ ।

ब्राजीलमा कोरोना भाइरसको कारण ३२ हजार ६ सय २ जनाले ज्यान गुमाएका छन् भने ५ लाख ८७ हजार १७ जना संक्रमित रहेका छन् । युरोपियन मुलुक बेलायतमा ३९ हजार ७ सय २८ जनाको मृत्यु भएको छ भने २ लाख ७९ हजार ८ सय ५६ जनमा संक्रमण देखिएको छ । त्यस्तै रुसमा यस भाइरसको कारण ५ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ भने ४ लाख ४१ हजार १ सय ८ जनामा संक्रमण देखिएको छ । भारतमा ६ हजार ९१ जनाको ज्यान गएको छ भने २ लाख १७ हजार ९ सय ६५ जना संक्रमित भएका छन् ।

Facebook Comments