Fri. Apr 19th, 2024

एमसीसी परियोजनाको विरोधमा माओवादीका विभिन्न भातृ सङ्गठनद्वारा प्रदर्शन

काठमाडौं,२०७७ जेठ २२ गते बिहीबार

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) खारेजीको माग गर्दै माइतीघरमा बुधबार प्रदर्शन गरिएको छ ।

नेपाल क्रान्तिकारी माओवादीका विभिन्न भातृ सङ्गठनले एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । एमसीसी पारित गरेर नेपाललाई एक कम्पनीको जिम्मा लगाउने षड्यन्त्र थालिएको प्रदर्शनकारीहरुको आरोप छ ।

उज्यालो अनलाईनका अनुसार प्रदर्शनमा सहभागी विद्यार्थी नेता निर्गराज जैसीले एमसीसी पारित भए घरघरमा पुगेर आन्दोलन गर्ने बताउनुभयो । एमसीसी पारित गर्नुको सट्टा युवाहरुलाई राष्ट्रिय अभियानमा जोडेर देश विकासमा अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।

सरकारले बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित परियोजना समावेश गरे पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनि विवादको विषय बनेको छ ।

बुधबार नै माइतीघरमा जनता समाजवादी पार्टीले पश्चिम रुकुमको घटनाकाे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ । २१ औँ शताब्दीमा पनि मान्छे मान्छेबीच हुने विभेद अन्त्य हुन नसकेको भन्दै प्रर्दशनकारीहरुले दुःख व्यक्त गरेका छन् ।

Facebook Comments