Mon. Sep 30th, 2024

बंगलादेशका प्रधानमन्त्री शेख हसीनाद्वारा राजीनामा, देश छाडी भारतमा शरण

काठमाण्डू, २०८१ साउन २१ गते सोमबार । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाड्नुभएको समाचार प्राप्त भएको छ ।

विद्यार्थीहरुको प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिना र उहाँकी बहिनीले देश छाडेको बीबीसी हिन्दीले जनाएको छ । प्रधानमन्त्री हसिना हेलिकोप्टरबाट भारत जानुभएको बताईएको छ । बीबीसी बङ्गला सेवाले प्रधानमन्त्रीको निवासमा प्रदर्शनकारीहरूको भीड भेला भएको पुष्टि गरेको छ । गएको जुलाईदेखि बङ्गलादेशमा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।

बंगालदेशमा जारी हिंसक प्रदर्शन झनैउग्रबन्दै गएपछि प्रधानमन्त्री शेख हसीनाद्वारा राजीनामा, देश छाडी भारत भागेको सञ्चारमाध्ममा उल्लेख ।।

देशका धेरै ठूला सरकारी जागिरमा आरक्षण खारेज गर्न विद्यार्थीहरूले माग गरिरहेका छन् । विद्यार्थीहरूको आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाएको भए पनि विद्यार्थीहरू प्रधानमन्त्री शेख हसिनाको राजीनामामा अडिग थिए । बङ्गलादेशमा अहिलेसम्म तीन सय जनाको ज्यान गइसकेको छ । यसैबीच सेनाले परिस्थिती सहज नभएसम्म सत्ता आफ्नो हातमा लिन सक्ने सञ्चार माध्यमहरुले जनाएका छन् ।

Facebook Comments