Sun. Sep 29th, 2024

बिहारको मुख्यमन्त्रीको कार्यालय उडाउने धम्की   

पटना (भारत), २०८१ साउन २० गते आईतबार । पटनामा मुख्यमन्त्रीको कार्यालय (सिएमओ) लाई भवन उडाउने धम्कीपूर्ण इमेल प्राप्त भएपछि बिहार प्रहरीले उक्त मामिलालाई दर्ता गरेको छ ।

सिएमओले जुलाई १६ मा एक अज्ञात अकाउन्टबाट अल-कायदासँग सम्बद्ध रहेको दाबी गरेको इमेल प्राप्त गरेको थियो । इमेल प्रेषकले सीएमओ परिसरलाई बमले उडाइनेछ भनी धम्की दिएको र बिहारको विशेष प्रहरीले पनि यसलाई रोक्न नसक्ने बताएको छ ।

धम्कीपूर्ण इमेलले प्रहरी र प्रतिआतङ्कवाद दस्ता (एटिएस) लाई अनुसन्धान सुरु गर्न प्रेरित गरेको थियो । त्यसपछि अगस्ट २ मा स्टेशन हाउस अफिसर सञ्जीव कुमारको बयानका आधारमा सचिवालय प्रहरी थानामा एफआइआर दर्ता गरिएको थियो ।

भारतीय न्याय संहिता, २०२३ को धारा ३५१ (४) र (३) का साथै आइटी ऐन को धारा ६६ (एफ) अन्तर्गत निवेदन दर्ता गरिएको प्रहरीले बताएको छ ।  एएनआई

Facebook Comments