Tue. Sep 24th, 2024

नेपाल एक चीन नीतिमा प्रतिवद्ध : उपाध्यक्ष घिमिरे

रमेश हतुवाली/काठमाण्डू, २०८१ साउन १८ गते शुक्रबार । फ्रेण्ड्स अफ सिल्क रोड क्लव नेपालले चीनमा भख्खरै सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको २०औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय र नेपालका लागि विकासका साझा अवसर विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष घिमिरेले सो कुरा बताउनु भएको हो ।

काठमाण्डूमा आज आयोजित सो अन्तरक्रियामा बोल्दै उपाध्यक्ष घिमिरेले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक कालदेखिनै प्रगाढ रहँदै आएको र सन् १९५५ मा चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएपछि दुइ देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनुभयो ।

नेपाल एक चीन नीतमा प्रतिवद्ध रहेको राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेको भनाइ, चीनको खुलापन र सुधारबाट फाईदा लिन सक्नुपर्नेमा विज्ञहरुको जोड ।।

विमला घिमिरे, उपाध्यक्ष, राष्ट्रिय सभा

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय र पारित प्रस्तावहरु चीनको प्रगतिको लागि मात्र नभएर यसले विश्व व्यापी विकास र समृद्धिको लागि नयाँ अवसरहरु सृजना गर्ने उपाध्यक्ष घिमिरेको भनाइ छ ।

डा. स्या लु, सहप्राध्यापक, जन विश्व विद्यालय, चीन

अन्तरक्रियामा जन विश्व विद्यालय चीनका सहप्राध्यापक डा. स्या लु ले अनलाईन मार्फत चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय र पारित प्रस्तावहरुबारे जानकारी दिनुहुँदै चीनले सुधार र खुलापनको नीतिलाई अझ फराकिलो र गहिरो बनाउदै लैजाने बताउनुभयो । नीति निर्माण भन्दा कार्यान्वय पक्ष महत्वपूर्ण हुने भन्दै डा. स्या लु ले चिनियाँ कम्युनिष्ट पार्टीको वर्तमान नेतृत्व दुरदर्शी र कुशल भएको जानकारी दिनुभयो । नेपालजस्ता छिमेकी देशहरुलाई चीनको विकास र चिनियाँ कम्युनिष्ट पार्टीले हालै पारित गरेका प्रस्तावहरुले कस्तो प्रभाव पार्छ भनि सोधिएको प्रश्नको जवाफमा उहाँले चीनको विकास र आधुनिकीकरण चीनका लागि मात्र नभएर नेपाल लगायतका छिमेकी देशहरुको लागि पनि भएको बताउनुभयो ।

हिरण्यलाल श्रेष्ठ, वरिष्ठ लेखक तथा कुटनीतिज्ञ

वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले चीनको आधुनिकीकरण पश्चिमी आधुनिकीकरण नभइ यो चिनियाँ विशेषतायुक्त आधुनिकीकरण भएको बताउनुभयो । चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय र पारित प्रस्तावहरुको ठूलो महत्व रहेको बताउनुहुँदै कुटनीतिज्ञ श्रेष्ठले विश्वले चीनको विकास र प्रगतिबाट धेरै अपेक्षा गरेको जानकारी पनि दिनुभयो ।

वाङ सिन, कन्सुलर, चिनियाँ राजदूतावास, काठमाण्डू

नेपालका लागि चिनियाँ राजदूतावासका कन्सुलर वाङ सिनले चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय र पारित प्रस्तावहरु सुधार र खुलापनमा केन्द्रित रहेको बताउनुहुँदै एउटा असल छिमेकीको रुपमा चीनले नेपालको विकास निर्माणमा सक्दो सहयोग गर्ने जानकारी दिनुभयो ।

गोपाल खनाल, पत्रकार

अन्तरक्रियामा बोल्नुहुँदै पत्रकार गोपाल खनालले चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र तिब्र विकास गरिरहेको छिमेकी भए पनि नेपालले चीनबाट केही पनि सिक्न नसकेको र केही लिन पनि नसकेको गुनासो गर्नुभयो ।

कार्यक्रम आयोजक संस्था फ्रेण्ड्स अफ सिल्क रोड क्लव नेपालका अध्यक्ष डा. कल्याणराज शर्माले चीनले विश्वलाई नै आश्चर्यमा पार्ने ढंगले विकास गरिरहेको सन्दर्भमा चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय र पारित प्रस्तावहरुले पार्न सक्ने प्रस्तावबारे छलफल गर्न अन्तरक्रियाको आयोजना गरिएको बताउनु भयो ।

डा. कल्याणराज शर्मा, अध्यक्ष, फ्रेण्ड्स अफ सिल्क रोड क्लव

डा. कल्याणराज शर्मा, अध्यक्ष,  फ्रेण्ड्स अफ सिल्क रोड क्लव

कार्यक्रमका सहभागीहरुले चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय र पारित प्रस्तावले नेपाल लगायतका छिमेकीहरुलाई सकारात्मक सहयोग मिल्ने भएको हुनाले सम्बन्धित पक्षले यी विषयहरुलाई गम्भिरताका साथ लिनुपर्ने बताएका छन् ।

Facebook Comments