Sun. Apr 19th, 2026

अमेरिका दक्षिण चीन सागरको शान्ति र स्थायित्व भङ्ग गर्न प्रयासरत

       

काठमाडौं,२०७७ जेठ २१ गते बुधबार

अमेरिकी विदेश मन्त्री माइक पोम्पओले सामाजिक संजालमा चीनले दक्षिण चीन सागरमा अवैध रूपमा सार्वभौमिकताको दाबी गरेको र त्यसको अमेरिकाले कडा विरोध गरेर संयुक्त राष्ट्र संघका महासचिवलाई पत्र लेखेको उल्लेख गर्नु भएको छ।

सो बारे बुधबार राजधानी पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले दक्षिण चीन सागरमा चीनको क्षेत्रीय सार्वभौमिकता र समुद्री अधिकार लामो अवधिको ऐतिहासिक प्रक्रियाबाट स्थापित भएको बताउनुभयो।

उहाँले यो “संयुक्त राष्ट्र संघीय बडापत्र” र “संयुक्त राष्ट्र संघीय समुद्री ऐन” सहितको अन्तर्राष्ट्रिय कानुन संवत रहेको उल्लेख गर्नुभयो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार कुनै एक देशको नाजायज अभियोगले चीनको सार्वभौकिता परिवर्तन नहुने औँल्याउँदै अमेरिका दक्षिण चीन सागर विवादको पक्ष अथवा विपक्ष नरहेको भन्दै कडा टिप्पणी गर्नु भएको छ। यसैकारण अमेरिकाले सिर्जना गरेको विवादले सार्वभौमिकताको सवालमा मात्र खडा नभएर उसले आफ्नो प्रतिबद्धताहरूको पालना नगर्ने बरु यसले अक्सर दक्षिण चीन सागरमा घटना बढाउने बताउँदै क्षेत्रीय तथा देशहरु बीचको सम्बन्धलाई अस्थिर बनाएर दक्षिण चीन सागरको शान्ति र स्थायित्वमा प्रतिकूल असर पार्ने प्रवक्ता चाउले बताउनुभयो।

Facebook Comments