Sat. Sep 21st, 2024

टानको अध्यक्षमा उम्मेदवारी दिने नविन त्रितालको घोषणा

रमेश हतुवाली/काठमाण्डू, २०८१ साउन १६ गते बुधबार । लोकप्रिय पर्यटन व्यवसायी नविन त्रितालले ट्रेकिङ्ग एजेन्सीज एसोसिएसन अफ नेपाल (TAAN) को आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

टानको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नु भएका कुशल पर्यटन व्यवासायी त्रितालले आफ्नो फेसबुक पेजमा आज राती पौने दश बजे अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणासहितको विचार पोष्ट गर्नुभएको हो । “नेपालको पर्वतीय पर्यटनको बिकाशमा निरन्तर लाग्नु भएका सम्पूर्ण पर्यटन व्यवसायी साथिहरुमा आगामी 2nd September मा हुन गई रहेको ट्रेकिङ्ग एजेन्सीज एसोसिएसन अफ नेपालको नेत्तृत्व गर्न अध्यक्षको उम्मेदवारी दिने जानकारी गराउदै चाँडै नै सम्पूॅर्ण कार्य समितिका उम्मेदवारहरुको नामावली सहित प्रस्तुत हुनेछु” भनि फेसबुक पेजमा लेख्नु भएको छ ।

संखुवासभा जिल्लाको लोहाकोट गाउँमा जन्मनु भएका त्रिताल झण्डै अढाई दशकदेखि पर्यटन क्षेत्रमा आवद्ध हुनुहुन्छ । फेसबुक पेजमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणासँगै व्यवसायी त्रितालले सबैको सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।

नेपालको पर्यटन क्षेत्रलाई नजिकैबाट नियाल्नु भएका त्रिताल पर्यटन व्यवसायीमाझ लोकप्रिय मानिनुहुन्छ । सरल र सहज स्वभावका त्रिताल नेपालको पर्यटन क्षेत्रको विकासका लागि विगतदेखिनै क्रियाशिल हुनुहुन्छ । व्यवसायी त्रितालको उम्मेदवारीलाई पर्यटन व्यवसायीहरुले महत्वका साथ हेरेका छन् । व्यवसायी त्रितालले शसक्त युवाहरुको टिम लिएर आफ्नो समूहको घोषणा गर्ने अपेक्षा पर्यटन व्यवसायीहरुको रहेको छ । एक्सपिडिसन हिमालय नामक संस्थाका प्रबन्ध निर्देशक त्रिताल एक सफल उद्यमी हुनुका साथै उहाँ हिमालयन अन्वेषक र अभियान, भ्रमण तथा पदयात्राको आयोजक पनि हुनुहुन्छ।

Trekking Agencies’ Association of Nepal (TAAN)  को आगामी निर्वाचन आउँदो भदौ २ गते सोमबार हुने भएको छ ।

Facebook Comments