Sun. Sep 8th, 2024

रेल्वे लिकमा पर्दा दासले गुमाए दुवै खुट्टा   

जनकपुर, २०८१ साउन १२ गते शनिबार । जनकपुर-जयनगर रेल्वेको लिकमा पर्दा एकजनाले दुवै खुट्टा गुमाउनुभएको छ । जनकनन्दनी गाउँपालिका–३ महुवाका अन्दाजी ३५ वर्षिय श्रीराम दासले रेल्वे लिकमा परी दुवै खुट्टा गुमाउनुभएको हो ।

आज बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिरहेको समयमा जयनगरबाट आइरहेको रेलले हर्न दिँदा उहाँ अल्मलिएर रेलकै लिकमा पर्नुभएको थियो । लिकमा अल्झनुभएका उहाँले दुवै खुट्टा गुमाएको रेल्वे विभागका प्रवक्ता प्रहरी नायव उपरीक्षक दयाराम पौडेलले जानकारी दिनुभयो । दासलाई उपचारका लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । रासस

Facebook Comments