Sat. Apr 20th, 2024

नेपालमा रहेका चिनियाँ र नेपालीहरुलाई कोभिड-१९को विषयमा चिनियाँ विशेषज्ञद्वारा अनलाईनमा परामर्श

काठमाडौं, २०७७ जेठ १७ गते शनिबार

चिनियाँ चिकित्सकहरुसँग कोभिड-१९ महामारीका विषयमा आज शनिबार अपराह्न अनलाईनमा आयोजित भर्चुअल छलफल तथा परामर्शको कार्यक्रममा नेपालमा रहेका चिनियाँ तथा नेपालीहरुले सक्रियतापूर्वक सहभागिता जनाएका छन् ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार करिब साढे दुई घण्टा लामो कार्यक्रममा चीनको उहान अस्पतालकी प्राध्यापक डाक्टर हु पो तथा चीनको विज्ञान प्रतिष्ठानका प्राध्यापक चु चे हुँले कोभिड-१९को महामारीबाट चीनले प्राप्त अनुभवहरुको आदानप्रदान गर्दै त्यसबाट सुरक्षित रहन तथा महामारीको अवधिमा हुनसक्ने मानसिक स्वास्थ्य समस्या एवम् समाधानको बारेमा जानकारी दिनुभएको थियो ।

गरिवी निवारणका लागि चिनियाँ कोशको नेपालस्थित कार्यालय, नेपालमा क्रियाशिल प्रवासी चिनियाँ संघ तथा चिनियाँ मूलका विदेशीहरुको समूहले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा करिब २ सय जनाको सहभागिता रहेको थियो ।

नेपालस्थित रे मिडिया ग्रुप तथा साइनो नेपाल मिडिया सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा सहभागी तथा विशेषज्ञ टोलीबीच प्रश्नोत्तरको कार्यक्रमसमेत राखिएको थियो ।

Facebook Comments