Sat. May 4th, 2024

नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुग्यो

काठमाडौं, २०७७ जेठ १६ गते शुक्रबार

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमित संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । मृतक संख्या ६ पुगेको छ । भारतबाट जेठ १० गते नेपाल आउनुभएका मृतक अर्घाखाँची जिल्लाको भूमिका नगरपालिकाका ३५ वर्षीय पुरुष हुन् । गोरखापत्र अनलाईनका अनुसार जेठ ११ गते उहाँको स्वाब संकलन गरेकोमा आज मृत्यु पर्यन्त कोरोना पोजेटिभ आएको हो ।

१९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ ।

Facebook Comments