Sun. Sep 8th, 2024

धोबीखोलाको बुद्धनगर-बबरमहल जोड्ने पुलमा आवागमन बन्द 

काठमाण्डू, २०८१ साउन १० गते बिहीबार । काठमाण्डूको धोबीखोलास्थित बुद्धनगर-बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको छ ।

केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाण्डू महानगरपालिका-१० र वडा नं. ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वर्षाका कारण धोबीखोलामा पानी बढेकाले पुल चर्किएको छ, पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको हो ।” रासस

Facebook Comments