Fri. Sep 20th, 2024

प्रधानमन्त्रीले लिनुभयो सौर्य एयरलाइन्स दुर्घटनामा परी घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्थाबारे जानकारी   

प्रधानमन्त्री केपी शर्मा ओली त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान सौर्य एयरको विमान दुर्घटनाबाट घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्थाको जानकारी लिएपछि सिनामंगलस्थित काठमाण्डू मेडिकल कलेज (केएमसी) अस्पतालमा परिवारका सदस्य र चिकित्सकसँग छलफल गर्दै । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाण्डू, २०८१ साउन ९ गते बुधबार । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज साँझ सिनामङ्गलस्थित काठमाण्डू मेडिकल कलेज पुगेर घाइते क्याप्टेनको स्वास्थ्यावस्थाबारेमा बारेमा जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राससका अनुसार सो क्रममा प्रधानमन्त्री ओलीले उहाँको उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग समेत कुराकानी गर्नुभएको थियो ।

सौर्य एयरलाइन्स आज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते हुनुभएको छ ।

Facebook Comments