Tue. Sep 17th, 2024

एमालेद्वारा जहाज दुर्घटनाप्रति दुःख व्यक्त   

काठमाण्डू, २०८१ साउन ९ गते बुधबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शोक विज्ञप्ति जारी गरी अकल्पनीय, भयावह दुर्घटनामा परी आफ्नो जीवन अर्पण गर्नुभएकाप्रति पार्टीकोतर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको हो ।

उहाँले दुर्घटनाको निष्पक्ष छानबिन गर्न, दोषीउपर कारबाही, घाइतेको उपचार, मृतकको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

आज बिहान काठमाण्डूबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो ।

Facebook Comments