Sun. Sep 8th, 2024

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित   

काठमाण्डू, २०८१ साउन ९ गते बुधबार । राजधानीमा जारी एन्फा यु-१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले विभागीय टोली एपिएफ क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा एनआरटीले विभागीय टोली एपिएफलाई १-० गोलअन्तरले पराजित गर्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लियो । एनआरटीले चार खेलबाट नौ अङ्क जोडेको छ । समान अङ्क भए पनि मनाङ मर्याङ्दी क्लब गोल सङ्ख्याका आधारमा शीर्ष स्थानमा छ ।

एपिएफको भने यो पहिलो हार हो । यो टोलीले चार खेलमा दुई जित, एक बराबरी र एक हारसहित सात अङ्क जोडेको छ । एपिएफ अङ्क तालिकाको चौथो स्थानमा छ । एनआरटीको जितमा सन्तोष गोम्बाले गरेको एक गोल नै निर्णायक सावित भयो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेको थिए । रासस

Facebook Comments