Fri. Apr 26th, 2024

वरिष्ठ गीतकार रत्न शमशेर थापाकाे निधन

काठमाडौं, २०७७ जेठ १५ गते बिहीबार

वरिष्ठ गीतकार रत्न शमशेर थापाको बिहीबार निधन भएको छ ।

उहाँको उपचारकाे क्रममा बिहीबार नर्भिक अस्पतालमा निधन भएको हो । नशाको समस्याका कारण लामो समयदेखि बिरामी रहनुभएका उहाँकाे ८३ वर्षको उमेरमा निधन भएको हो ।

२०१८ सालदेखि गीत लेख्न सुरु गर्नु भएका थापाले धेरै जसो चलचित्रका लागि पनि गीत लेख्नुभएको साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो ।

उज्यालो अनलाईनका अनुसार थापाले उकाली आरोली, फूलको डाली, सिमाना, पृथ्वी, जुनी, अवतार, रानीखोला, हतियार, प्रतिक्षा, चोखोमायालगायत चलचित्रमा गीत लेख्नुभएको छ । उहाँका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, बिछोडको पीडा, गोरेटो त्यो गाउँकोलगायतका गीत लोकप्रिय छन् ।

भ्वाईस अफ काठमाडौंको तर्फबाट विविध कालजयी गीतहरुका सर्जक तथा रचनाकार आदरणीय रत्न शम्शेर थापा प्रति हार्दिक श्रद्धाञ्जली ।।

Facebook Comments