Fri. Apr 26th, 2024

मेलम्ची खानेपानीको लागि ५ अर्बको बजेट विनियोजन, सेवा आगामी वर्षदेखि

काठमाडौं, २०७७ जेठ १५ गते बिहीबार

सरकारले आगामी दुई वर्षमै सबै नागरिकले पँहुचमा खानेपानी पाउने भएकाे बताएकाे छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा डा. युवराज खतिवडाले सङ्घीय संसदको दुवै सदनमा २०७७/७८ को बजेट पेश गर्ने क्रममा सो घोषणा गर्नुभएको हो । उहाँका अनुसार मेलम्ची खानेपानीको आधारभूत कार्य सम्पन्न भएको र आगामी वर्षमा खानेपानी आउनेछ । मेलम्ची खानेपानीको लागि ५ अर्बको बजेट विनियोजन भएको छ ।

यो वर्षमा जलाशय खानेपानी सञ्चालनको लागि सबै प्रदेशको राजधानीमा खानेपानीको व्यवस्था गरिने भएको छ । त्यस्तै सिँचाइ तथा सुक्खा क्षेत्रका ६ अर्ब योजना सञ्चालन गरिने भएको छ । काठमाडौँ खानेपानीको विकास गर्न १ अर्ब ९९ करोड विनियोजन गरिएको उहाँले बताउनुभयो ।

गोरखापत्र अनलाईनका अनुसार खानेपानीको स्रोत तथा जलाधार क्षेत्रको विकास गरिने छ । त्यसको लागि तराइ मधेशको खानेपानी आर्सनिकमुक्त बनाउने अभियान समेत सञ्चालन गरिने भएको छ । संघ प्रदेश तथा स्थानीय तहको समन्वयमा खानेपानी तथा ढलको व्यवस्थाको लागि ४३ अर्बको व्यवस्था भएको छ ।

एक हजार तीन सय मेगावाट राष्ट्रिय प्रसारण लाइनका थपिने छ । नेपालको पानी जनताको लगानी अरुण, तामाकोशी, जलविदुत प्रकृया अघि बढाइनेछ । ग्रामीण विद्युतीकरणका लागि चार अर्बको विनियाेजन गरिएको छ । पचास हजार बायोग्यास निर्माण गरिनेछ ।

Facebook Comments