Tue. Sep 17th, 2024

प्रतिनिधिसभामा पुष्पलालको योगदानबारे चर्चा   

संसद भवन, नयाँबानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः किरणराज विष्ट/रासस

काठमाण्डू, २०८१ साउन ७ गते सोमबार । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व पुष्पलाल श्रेष्ठको योगदानबारे चर्चा गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद सूर्यबहादुर थापा क्षेत्रीले पुष्पलालले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा पु¥याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो । नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण हस्ती, कम्युनिष्ट आन्दोलनका सुरुआतकर्ता पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा सांसद् क्षेत्रीले पुष्पलाललाई विभिन्न आयामबाट सम्झिनुपर्ने बताउनुभयो ।

सांसद जनार्दन शर्माले प्राकृतिक विपत्तिले देश आक्रान्त बनाएको र भूकम्पले चिरा पारेका बस्ती बाढीको चपेटामा परेको देशभरीका बाढी प्रभावित परिवार जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रोशन कार्कीले मधेसमा पछिल्लो समयमा आपराधिक गतिविधि बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । “सर्लाही जिल्लामा एकजनाको हत्या भएको छ, त्यस घटनाबारे निष्पक्ष छाबिन गरी सत्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न म सरकारसँग आग्रह गर्दछु”, उहाँले भन्नुभयो । सांसद कार्कीले संसद् सचिवालयमा करारमा र ज्यालादारीमा रहेका करिब ५० कर्मचारीको जागिर खोसिएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Facebook Comments