Tue. Sep 17th, 2024

चीनमा पुल भत्किँदा पीडितको खोजीमा हजारौँ   

सियान (चीन), २०८१ साउन ६ गते आईतबार । उत्तरपश्चिम चीनको सान्सी प्रान्तमा शुक्रबार साँझ राजमार्गको पुल भत्किँदा हजारौँ उद्धारकर्मी र स्थानीय स्वयंसेवकहरूले आफ्ना सवारी साधनहरू बाढीमा डुबेर बेपत्ता भएका मानिसहरूको खोजी गरिरहेका छन् ।

त्यहाँका स्थानीय अधिकारीहरूले घटनास्थलमा पेशेवर उद्धारकर्मीहरूको सङ्ख्या दिउँसो दुई बजेसम्म बढेर एक हजार छ सय ३० पुगेको बताएका छन् । यहाँ १२ जनाको मृत्यु भएको छ भने अन्य ३१ जना हराइरहेका छन् ।

दुई सय पाँच वाहन, ६३ जहाज र ८२ वटा ड्रोनको सहयोगमा उनीहरूले जिनटिछायन नदीको भत्किएको पुलमुनि ७० किलोमिटर क्षेत्रमा खोजबिन गरिरहेका छन् । खोजी कार्यमा एक हजार पाँच सयभन्दा बढी स्थानीय बासिन्दा पनि सामेल भएका छन् ।

यानपिङ गाउँको दुई नम्बरको पुलको ४० मिटर खण्ड राति ८ः४० बजेतिर खसेको थियो । शुक्रबार भारी वर्षापछि जिनछियान नदीमा बाढी आएको थियो ।

नदीको बहाव सुस्त भएको र आइतबार पानीको सतह घटेकाले उद्धारकर्मीहरूलाई सवारी साधनको भग्नावशेषहरू सजिलैसँग पत्ता लगाउन सहज भएको भएको छ ।

आइतबार बिहान सिन्ह्वाका पत्रकारहरूले घटनास्थलको पाँच सय मिटर तल नदीको किनारबाट ट्रक निकालिएको देखेका थिए । हालसम्म खोजीमा चालक वा यात्रु भेटिएका छैनन् ।  सिन्ह्वा

Facebook Comments