Thu. Sep 19th, 2024

पर्यटनमन्त्री पाण्डेद्वारा पर्यटन व्यवसायी श्रेष्ठलाई श्रद्धाञ्जली   

काठमाण्डू, २०८१ साउन ५ गते शनिबार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आज द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठलाई श्रद्धाञ्जति अर्पण गर्नुभएको छ ।

आज बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा मन्त्री पाण्डेले दिवङ्गत श्रेष्ठको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पणगरी श्रद्धाञ्जलिव्यक्त गर्नुभएको थियो । सोही क्रममा मन्त्री पौडेलले द्वारिकाज होटलमा राखिएको शोक पुस्तिकामार्फत स्वर्गीय श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभयो ।

मन्त्री पाण्डेले स्वर्गीय अम्बिका श्रेष्ठका परिवारलाई समवेदना समेत प्रकट गर्नुभएको थियो । सोही अवसरमा मन्त्री पाण्डेले स्व श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उहाँको निधनबाट सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो ।

लामो सयमदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराइरहनु भएकी ९२ वर्षीया श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार बिहान करिब ८ बजे निधन भएको थियो । स्वर्गीय श्रेष्ठको आजै पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिने उहाँको पारिवारले जनाएको छ ।रासस

Facebook Comments